Logo
Logo

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा



काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । फ्लाई एसबाट बनेको यो ब्लकलाई वातावरणमैत्री मानिन्छ । रातो इँटामा जस्तो खेर जाने प्रतिशत यसमा लगभग शून्य हुने हुँदा पैसा हालेर किनेको सामान त्यसै फाल्नुपर्ने बाध्यता ग्राहकलाई रहँदैन ।
यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिन्छ । आवासीय घर, कार्यालय भवन, बहुचल्ले भवन, व्यापारिक कम्प्लेक्स, अस्पताल, विद्यालय, होटल जस्ता संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिन्छ ।

यो ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु पर्दैन । यसो हुँदा भित्री प्लास्टरमा लाग्ने सामान र श्रमिक खर्च जोगिन्छ । बाहिर पनि १० एमएम मात्र प्लास्टर गरे पुग्ने भएकोले प्लास्टरमा प्रयोग हुने सिमेन्ट, बालुवा र श्रमिक खर्च जोगिन्छ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् ।
यसको प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसाबले सुरक्षित मानिन्छन् ।
एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एम÷सी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिलुलीको बिल ३० प्रतिशतले घटाउन सकिन्छ । यसको थर्मल कन्डक्टिभिटी केडब्लु–एम÷सी ०.१६ मात्र हुन्छ ।
अग्ला भवनहरुको माथिल्ला तलाको गारोमा देखिने ओसिलोको समस्या नल्याउने यो ब्लक प्रयोग गर्दा प्लास्टरपछि १५ दिनसम्म नियमित क्युरिङ गर्नुपर्ने झन्झट पनि हुँदैन । आगो प्रतिरोधी यो ब्लकमा आवाज सोस्ने क्षमता पनि परम्परागत रातो इँटाको तुलनामा बढी हुन्छ । त्यस्तै, परम्परागत इँटाको तुलनामा यस ब्लकमा आगलागी थेग्न सक्ने क्षमता पनि तीन दोब्बर हुन्छ ।
एएसी ब्लक प्रयोग गरिएको भवनको भार कम हुने हुँदा भूकम्पप्रतिरोधी संरचना निर्माणमा यसलाई अब्बल मानिन्छ । यो रातो इँटाभन्दा तीन गुणा हलुका हुन्छ । यसले भवनको भार मात्र घटाउँदैन ढुवानी लागत पनि कम पर्न आउँछ । यो ब्लक प्रयोग गर्दा भवनको समग्र भार ३० प्रतिशतभन्दा बढीले कम हुन्छ । भार कम हुने कारण बहुतल्ले र अग्ला भवन निर्माणमा यसलाई उत्कृष्ट मानिन्छ ।
सर्वसाधारणले कम लागतमा भूकम्पीय जोखिमको दृष्टिले सुरक्षित संरचनामा चासो राखिरहेको बेला एएसी ब्लक उपयुक्त विकल्पको रुपमा आएको यसका प्रयोगकर्ताको अनुभव छ ।
यो ब्लक उत्पादनको क्रममा निकै थोरै परिमाणमा ऊर्जा आवश्यक पर्ने हुँदा हानिकारक ग्यास उत्सर्जन नहुने भएकोले यसलाई वातावरणमैत्री मानिएको हो । यो ब्लक आकारमा ठूलो हुने र रातो इँटाको गारोमा जस्तो पानी हाल्नु नपर्ने हुँदा तुलनात्मक हिसाबले कम समयमै भवन निर्माण सम्पन्न हुन्छ ।
प्वाल खोप्न, काट्न, किलो ठोक्न र आफूले चाहेको साइज तयार गर्न निकै सजिलो हुँदा एएसी ब्लकलाई डकर्मीहरुले पनि निकै रुचाएका छन् । यसको प्रयोग गर्दा संरचना निर्माणमा लाग्ने समय २० प्रतिशभन्दा बढीले घट्छ । यसको नजल्ने गुणले गर्दा भूकम्प, आगलागी जस्ता विपत्तिको बेला यसले अतिरिक्त सुरक्षा प्रदान गर्दछ । यसको मेल्टिङ प्वाइन्ट २९०० फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२०० फरेनहाइटको तुलनामा दोब्बरभन्दा पनि धेरै हो ।
किरा र धमिराले असर गर्न नसक्ने एएसी ब्लकको जोडाइमा रातो इँटाको जस्तो छिद्र र प्वाल नहुने हुँदा यसमा आवाज रोक्ने क्षमता निकै बढी हुन्छ । यी र यस्तै उत्कृष्ट गुणका कारण विश्वभर यो ब्लकको माग बढ्दै गएको छ । सन् १९२४ मा क्यानडामा विकास भएयता यसको लोकप्रियता विश्वव्यापी बन्दै गएको छ । विशेषगरी, किफायती लागतमा सुरक्षित भवन बनाउन चाहनेले यसलाई बढी रुचाएका छन् । गुण र फाइदाको जानकारीसँगै पछिल्लो समय यसको माग उत्साहजनक रुपमा बढ्दै गएको छ ।
भवनहरुको सुरक्षाका विषयमा बढी चासो राख्ने युरोपेली समाजमा एएसी ब्लकको लोकप्रियता निकै माथि पुगिसकेको छ । अन्य महादेशहरुमा पनि प्रयोगकर्ता बढिरहेको तथ्यांकहरुले देखाएका छन् । भारतीय गुणस्तर चिह्न पाएको यो ब्लक उत्पादन गर्ने कृष ह्वाइट ब्रिक्स एलएलपी आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्