Logo
Logo

पहिलाे वान डेमा नामिबियासँग भिड्दै नेपाल


945
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक वान डेमा नेपालले सोमबार नामिबियासँग खेल्दैछ ।

स्कटल्याण्डमा जारी नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो । यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ ।

नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्