Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

सार्वजनिक गाडीको भाडा बढेकोदेखि शेयर बजारमा पहिरोसम्म


189
Shares

१. बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक पारित, नाबालिक, जेष्ठ नागरिक र सुस्त मनस्थितिको हकमा हिंसामा परेको तीन वर्षभित्र उजुरी गरिसक्नुपर्ने, बालिगको हकमा २ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था, बालत्कार मुद्दामा झूटा उजुरी दिनेलाई सजाय नहुने ।


२. नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा डा शेखर कोइरालाद्वारा सभापति शेरबहादुर देउवाको आलोचना, पार्टी सही तवरले चलाउन नसकेको आरोप, आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदाभन्दा एक्लै जाँदा पार्टीलाई फाइदा हुने धारणा, स्थानीय तहमा तालमेलले केही बढी सिट जितेपनि पार्टीको आदर्श र सिद्धान्त विपरित भएको भनाइ ।


३. अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढ्यो, यात्रुवहाक गाडीमा एक दशमलव ७९ प्रतिशत, मालवाहकमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहकमा २ दशमलव ६ प्रतिशतले भाडादर बडेको यातायात व्यवस्था विभागद्वारा जानकारी, बढेको भाडादर आजैबाट लागू हुने ।


४. सरकार देशको लागि मरिसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी, करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्ति समेत सामेल भएको आरोप, अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले देश श्रीलंकाकै स्थितिमा र्पुयाउने भनाइ, सरकारले हैजा नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको अभिव्यक्ति ।

५. कसानलाई चाँडो मल उपलब्ध गराउन सांसदहरुको माग, मलको लागि सधैँ आन्दोलन गर्नुपर्ने बाध्यता रहेको विमला विश्वकर्माको भनाइ, मङ्सिर–पुसमै मलका लागि ठेक्का दिनुपर्न विष्णु शर्माको सुझाव, कृषि उत्पादन बढाउने सरकारको घोषणा नारामै सीमित भएको हितबहादुर तामाङको अभिव्यक्ति, सरकारले कृषि क्षेत्रको प्राथमिकता दिएपनि किसानले महसुस नगरेको सरलाकुमारी यादवको भनाइ ।


६. माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता, बीआरआई परियोजना अन्तर्गत अनुदानमा एउटा प्रसंशनीय आयोजना दिएर राम्रो सन्देश दिनुपर्ने प्रचण्डको भनाइ, तातोपानी, रसुवागढी, किमाथान्का र हिल्सालगायत नाकाहरू समान्य अवस्थामा ल्याउन आग्रह ।


७. राष्ट्र र जनताको हितका लागि नेकपा एकीकृत समाजवादी पार्टी बनेको अध्यक्ष माधवकुमार नेपालको भनाइ, आफ्नो पार्टी सिद्धान्त र विचारप्रति समर्पित भएको अभिव्यक्ति, आमागी निर्वाचनको तयारीमा जुट्न निर्देशन, निर्वाचनअघि कुनै पनि पार्टीसँग एकता नहुने धारण ।


८. चालु आर्थिक वर्षको ११ महिनामा नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह, ३.८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको भनाइ, अमेरिकी डलरमा १.५ प्रशितले बृद्धि भई सात अर्ब ५१ करोड पुग्यो, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढ्यो, तीन लाख १३ हजार ३६७ ले लिए अन्तिम श्रम स्वीकृति ।


९. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७५.७९ अंकले घटेर एक हजार ९१६.८२ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.२४ अंकले ओरालो लागेर ३६७.६४ मा कायम, २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँमा खरिद बिक्री, १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट ।


१०. श्रीलंकाको नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने, नोभेम्बर १५ सम्ममा विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने संयुक्त राष्ट्रसंघको प्रक्षेपण, चीनद्वारा अमेरिकालाई क्युवामाथि लगाएको प्रतिबन्ध हटाउन आग्रह, जरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता, अमेरिकामा गोलीकाण्ड हुँदा तीन जानको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्