Logo
Logo

गृहमन्त्रीद्वारा आईजिपीको बचाउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ साउन ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको बचाउ गरेका छन् । बिमस्टेकको सुरक्षा बैठकमा महानिरीक्षक खनालले नेपालको परराष्ट्र नीति विपरीत अभिव्यक्ति दिएको विषय आएपछि गृहमन्त्री बादलले बचाउ गरेका हुन् ।


मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आईजिपी खनालले बाहिर हल्ला भएअनुसार कुनै गल्ती नगरेको बताए । भारतीय प्रधानमन्त्रीका सल्लाहकारले भारतमा भएको एक आक्रममा पाकिस्तानको हात रहेको भनेर बोलेको विषयमा प्रतिवेदनमा राख्न खोजिएको र त्यसमा आफूहरुको असहमति रहेको प्रष्ट पारे । तर, सो विषयालाई आईजिपी खनालसँग जोडेर उछाल्न खोजिएको भन्दै उनले खण्डन गरेका हुन् । पत्रकार सम्मेलनमा आईजिपी खनाल समेत उपस्थित थिए ।
गत चैतमा थाइल्याण्डमा भएको बिमस्टेकको सुरक्षा बैठकमा महानिरीक्षक खनाल गएका थिए । जहाँ उनले भारतीय प्रधानमन्त्रीका सल्लाहकार अजित डोभलले पास्कितानमाथि लगाएको आरोपलाई खनालले समर्थन गरेको समाचार आएको थियो ।
विप्लवसँग वार्ता जारी
मन्त्री बादलले प्रतिबन्धिक विप्लव समूहमाथि कारबाहीसँगै वार्ताको प्रयास पनि भइरहेको बताएका छन् । यद्यपी औपचारिक रुपमा वार्ताका सो लागि समूहले कुनै प्रक्रिया अघि नबढाएको उनको भनाई छ ।
मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो नियन्त्रण र वार्ता दुवै प्रक्रियाबाट विप्लव समस्या समाधानमा सरकार लागिपरेको जानकारी दिए । उनले वार्ताबाटै समस्या समाधानका लागि समेत सो समूहलाई आग्रह गरेका छन् । मुलधारमा आएर शान्तिपूर्ण ढंगले आफ्ना कुरा जनतामा जान उनको सुझाव छ । ‘सो समूहसँग वार्ताको सम्भावना बढेको छ,’ उनले भने,‘वार्ताबाटै यो समस्या समाधानमा हामी लागेका छौं ।’
‘निर्मला प्रकरणमा राजनीतिकरण भयो’
पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला पन्त बलात्कारपछि हत्या घटनालाई राजनीतिकरण गरिएको र बढी नै उछालिएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘यस्ता घटना विगतमा पनि भएका थिए, भोलि पनि हुन सक्छन्,’ उनले भने,‘हालै प्रहरीले १३ वर्ष पुरानो घटना पत्ता लगायो, बलात्कार सम्बन्धि ९५ प्रतशित घटनाको अनुसन्धानमा प्रहरी सफल भएको छ, यसमा हामी लागेका छौं ।’ निर्मलाको हत्या भएको एक वर्ष पुग्दा पनि अभियुक्त भेटिएका छैनन् ।
काम नगर्ने ठेकदारहरुलाई व्यवस्थित ढंगले कारबाही गर्ने गृहको योजना कायमै रहेको उनले बताए । आफू गृहमन्त्री भएपछि सुन तस्करीको सञ्जाल ध्वस्त बनाएको तथा शान्ति सुरक्षाको अवस्थामा सुधार गरी देशलाई शान्ति र स्थायित्वतर्फ लगेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्