
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न केहीबेर अघि उनको निवास बालकोट पुगेका हुन् । भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले जानकारी दिए। उनी ओली निवासमै दिवा भोजमा सरिक हुनेछन्।
उनले आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग भेट्ने कार्यक्रम छ। दिउँसो १ बजे होटल एभरेष्ट बानेश्वरमा दुई नेतासँग भेट्ने कार्यक्रम रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
आइतबार काठमाडौं आइपुगेका लिउले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेट गरेका थिए। त्यस्तै उनले सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए।
लिउले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गरेपछि स्वदेश फर्किने कार्यक्रम छ।














