Logo
Logo

भ्रष्टाचारको फाइल झिकाउन आदेश


8k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका निलम्वित कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निरन्तरता दिन न्यायाधीश तिलप्रसाद श्रेष्ठले गरेको निर्णयलाई यथावत राख्दै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भ्रष्टाचार छानबिनको कागजात झिकाउन आदेश दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले २०७९ असार ६ गते युवराज अधिकारीलाई निलम्वन गरेर उनले गरेका भ्रष्टाचार छानबिन गर्न पर्यटन सचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानबिन कमिटी गठन गरेको थियो ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार अधिकारीले आवश्यक कागजात छानबिन समितिलाई नबुझाएको कारण छानबिन समितिले उनलाई भोलि बुधबारदेखि वयान लिन बोलाएको छ ।

स्रोतका अनुसार अधिकारीले पदीय दुरुपयोग गरेर अर्बौको कमिशन खाएको छानबिनमा देखिएको छ । सर्वोच्च अदालतले छानबिन समितिसँग छानबिनको फाइल झिकाउन आदेश दिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीमाथिको छानबिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्