
पर्सा । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको संघारमा पुगेको छ । सँगै अल्पमत र बहुमतको गणना पनि सुरु भएको छ ।
एकै दिन जसपाको बेग्ला बेग्लै स्थानमा दुई बैठक सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको राष्ट्रिय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा जारी छ । त्यसैगरी, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ ।
दुबै समूहको बैठक सुरु भएसँगै अल्पमत र बहुमतको गणनासमेत हुन थालेको छ । दुबै पक्षले केन्द्रीय कार्यकारिणी समितिमा आफ्नो समूहको बहुमत रहेको दावी गरेका छन् ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति ३५ सदस्यीय रहेको छ । जसमध्ये बहुमत सदस्य भट्टराई पक्षको बैठकमा सहभागी भएको दावी गरिएको छ । यादव समूहले पनि आफ्नो बैठकमा बहुमत सदस्य सहभागी रहेको दावी गरेको छ ।
यादव समूहको बैठकमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउत, सुशीला श्रेष्ठ, रामसहाय यादव र मनिष सुमन सहभागी छन् । त्यसैगरी, परशुराम बस्नेत, विजय यादव, मृगेन्द्रसिंह यादव, रकम चेमजोङ, रनध्वज कन्दङ्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी र शिवलाल थापासहित सहभागी छन् ।
केन्द्रीय कार्यकारिणी सदस्य मध्ये यादव समूहको बैठकमा १६ जना मात्र सहभागी भएको र आफ्नो पक्षकको बैठकमा बाँकी सबै सहभागी रहेकाले यादव समूह अल्पमतमा परेको भट्टराई पक्षका एक नेताले दावी गरेका छन् ।
* सच्याइएकाे














