Logo
Logo

एलन मस्क र अभिनेत्री नताशाको ब्रेकअप



काठमाडौं । विश्वकै धनी एलन मस्क र अष्ट्रेलियाली अभिनेत्री नताशा बासेटको ‘ब्रेकअप’ भएको छ ।

हलिउड लाइफले जनाएअनुसार अर्बपति मस्कले आफू र अर्को कम्पनी न्युरालिंककी कार्यकारी शिभोन जिल्सले सन् २०२१ मा गोप्य रूपमा जुम्ल्याहा बच्चालाई जन्म दिएको खुलासा भएप्छि अभिनेत्री बासेटसँगको सम्बन्ध टुंगिएको हो । यससँगै मस्कका सन्तान १० जना पुगेका छन् ।

यसै खुलासाले नताशाले मस्कसँग सम्बन्ध टुटाएको बताइएको छ । उनीहरूले आफ्नो सम्बन्ध टुंगिएपनि ‘राम्रो साथी’ बन्न सक्ने बताएको समाचारमा उल्लेख छ ।

‘नताशाले एलनबाट धेरै कुरा सिकेकी छन् । उनीसँग बिताएको समयको लागि कृतज्ञ छिन् किनकी उनीहरूको सम्बन्ध विशेष र वास्तविक थियो। नताशाले आफ्नो करियरमा बढी ध्यान दिने निर्णय गरेकी छन्’ हलिउड लाइफले स्रोतलाई उदृत गर्दै जनाएको छ ।

‘एल्भिस’को बायोपिक फिल्म प्रदर्शनपछि मस्क र नताशाबीचको सम्बन्ध टुंगिएको हो । फिल्ममा नताशाले मुख्य भूमिका निर्वाह गरेकी छन् । जुनको अन्त्यमा फिल्मको प्रदर्शनपछि मस्कको सम्बन्धको कारण नताशा तनावमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्