
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरु र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओलेवीच भेटवार्ता भएको छ ।
बुधबार होटल एभरेष्टमा प्रमुख लिउ जियानचाओले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका हुन् । उक्त भेटमा दुई देश र दुई पार्टीको सम्बन्ध र पारस्परिक लाभका विषयमा छलफल भएको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।
भेटका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन् । नेपालले भने, ‘चीनको अन्तरिक मामिलामा बाह्य हस्तक्षेपको पक्ष छैनौं । तिब्बतको इश्यु होस् कि ताइवानको, यो सबै चीनको आन्तरिक मामिलाको हो भन्ने हामीले राखेका छौं ।’














