Logo
Logo

म्यान्युसँग लिभरपुल पराजित


567
Shares

काठमाडौं। प्रि–सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ४–० अन्तरले हराएको छ ।

मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले गोल गरे । बलमा पकड जमाएपनि गोल गर्न नसक्दा लिभरपुल पराजित हुन पुग्यो ।

निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा ३ गोल गरेको थियो । यसपछि युनाइटेड अस्ट्रेलिया भ्रमणमा निस्कने छ ।

प्रतिक्रिया दिनुहोस्