Logo
Logo

देश छाडेर भागे श्रीलङ्काका राष्ट्रपति राजापाक्षे


2.6k
Shares

कोलाम्बो । श्रीलङ्काका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे मालदिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना सुरक्षा गार्ड पनि रहेका बताइएको छ ।

राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी शैन्य शिविरमा लुकेर बसेका थिए ।

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात् आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुसीयाली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्