बुटवल । पहिरो कारण बुटवल–पाल्पा सडकखण्ड अवरूद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बुधबार बिहान ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

हिरो झरेपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने र बुटवल आउने सवारी साधन बाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
यसअघि माथिल्लो सिद्धबाबा मन्दिरदेखि अगाडिको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो ।
अप्ठ्यारो र ठूलो चट्टान सहितको पहरो बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरूङमार्ग निर्माण गर्दैछ ।











