
काठमाडौं । उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद चार वर्षदेखि रिक्त छ ।












