
एजेन्सी । खतरनाक तातो लहरका कारण पश्चिमी यूरोपमा लाखौं मानिस प्रभावित भएका छन् ।
गर्मी अत्याधिक बढेपछि त्यहाँ सतर्कता जारी गरिएको छ । मंगलबार जुनयताकै उच्च तापक्रम मापन गरिएको छ ।
बेलायत, पोर्चुगल, स्पेन र फ्रान्सले यस साता रेकर्ड–ब्रेक तापक्रमको सामना गरिरहेका सीएनएनले जनाएको छ । मंगलबार बेलायतको तापक्रम ३८.७ डिग्री सेल्सियस मापन गरिएको छ ।
यसले दक्षिणपश्चिम युरोपको जंगलमा लागिरहेको डढेलो झन फैलने जोखिम बढेको छ ।














