Logo
Logo

गभर्नरमाथि गगनको व्यङ्ग्य– ‘एम अधिकारीले मलाई भनेको होकी भनेर बुझ्नुभए क्षमा चाहन्छु’


2.7k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति व्यङ्ग्य गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् ।

सेयर बजार र अर्थतन्त्र सुधारका सुझाव दिँदै उनले भने, ‘मैले गरेको यो सबै, अनुरोध गभर्नर महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भन्ने बुझ्नु भएमा क्षमा चाहन्छु ।’

एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको विषय यतिबेला चर्चामा छ । बुधबारै माओवादी सांसद रेखा शर्माले गभर्नर अधिकारीको राजनीति दलमा आबद्धतालाई लिएर छानबिन गर्नुपर्ने माग संसद्मा नै उठाएकी थिइन् ।

सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको पनि थापाको भनाइ थियो । उनले ठूला लगानीकर्तालाई पोस्नका लागि सानालाई कस्ने नीति राष्ट्र बैंकले लिएको भन्दै सुधार्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्