काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको ‘अर्थ तथा योजना विभाग’मा रहेको भन्ने सवालमा भुसालले यस्तो बताएका हुन् ।

भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । तर, ती व्यक्ति गभर्नर महाप्रसाद अधिकारी हो वा होइन भन्नेमा भूसालले फेसबुकमा लेखेका छन्, ‘स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति आफू नभएको स्पष्ट पारिसक्नुभएको छ ।’
एमालेको कमिटी र विभागहरुमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था नभएको समेत उनले प्रष्टिकरण दिएका छन् ।














