
वीरगञ्ज । सत्तारुढ दल जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी भित्रको विवादका कारण फुटको संघारमा रहेको जसपाको केन्द्रीय समिति बैठक बुधवार वीरगञ्जमा सुरु भएको हो ।
बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिए । बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन । भट्टराई पक्षले मंगलबारदेखि राजधानीमा केन्द्रीय समितिको विस्तारित बैठक जारी छ ।














