
काठमाडौं । नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाललाई प्रतिनिधिसभाका उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धन दलहरुबीच काँग्रेसले उपसभामुख पाउने सहमति भएको र पार्टीले भुसाललाई उम्मेदवार बनाउने तय भएको एक नेताले जानकारी दिए ।
२०७६ फागुनमा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । यसअघि भुसाल तत्कालीन नेकपाकी तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् ।
सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचनको मिति तोकिसकेका छन् ।














