Logo
Logo

कांग्रेस बैठकमा गगन र विश्वप्रकाशको चर्को आलोचना


4.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको भन्दै गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए ।

उनले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस्’ बुढाथोकीले भने ।

प्रतिक्रिया दिनुहोस्