Logo
Logo

तेस्रो पटक सभापति बन्ने शेखर पक्षलाई देउवाको चेतावनी


9.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई असहयोग जारी रहे तेस्रो पटक पनि पार्टी सभापति बन्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सभापति देउवाले शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गर्दै पार्टी प्यालेस चहारेको भन्दै आक्रोशसमेत पोखे ।

सभापति देउवाले भने, ‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ ।’

आगामी चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको सभापति देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्