काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि नेपालमा कोही स्वतन्त्र नरहेको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा सूचना प्रविधिसम्बन्धी कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो तर्क गरेका हुन् । उनले भने, ‘अहिलेको जमानामा स्वतन्त्र कोही पनि हुँदैन, खासगरी नेपालमा ।’ अध्यक्ष प्रचण्डले ‘अगाडि बढ्ने कि पछाडि फर्कने हो ? त्योभन्दा अरु बाटो अहिले नेपालमा नभएको बताए ।
श्रमजिवीहरूले विज्ञान प्रविधिको प्रयोग गरेर कसरी लड्न सकिन्छ भनेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले नेपाली समाजको चेतना वैज्ञानिक कुरालाई अनुसरण गर्न सक्ने अवस्था नभएको बताउँदै भने, ‘विज्ञानलाई विश्व दृष्टिकोणको रुपमा स्वीकार्दै जानुपर्छ र नेतृत्वले यसको लागि संघर्ष गरिरहनुपर्छ ।’














