Logo
Logo

‘२०७३ सालको महाप्रसाद अहिले कसरी एम अधिकारी भयो ?’


8.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता श्रेष्ठले २०७३ सालको महाप्रसाद अधिकारी अहिले आएर एम. अधिकारीमा रुपान्तरण भएको बताए ।

‘नेकपा एमालेको अर्थ तथा योजना विभागको एक जना सदस्य जो ७३ सालमा महाप्रसाद अधिकारीको नाममा हुनुहुन्थ्यो । त्यही महाप्रसाद अधिकारीको नाममा भएको व्यक्ति अहिले एम. अधिकारीमा रुपान्तरण भएर अर्थ तथा योजनाविद भनेर राखिएको छ’, नेता श्रेष्ठले भने, ‘अहिले प्रश्न मात्रै होइन सबैको बुझाई छ कि उहाँ नै त होला । त्यही जिल्लाको एम अधिकारी को होला त अरु ?’

यसलाई एमाले वा गभर्नर अधिकारीले प्रस्ट पार्न नसकेको र सक्ने अवस्था पनि नरहेको बताए । श्रेष्ठले भने, ‘यस्तो अवस्थामा उहाँ बसिरहन मिल्छ कि मिल्दैन ? कि त होइन भन्ने पुष्टि गर्ने आधिकारिक कागजात चाहियो नत्र राजीनामा गर्नु र पद छोड्नुपर्छ ।’

उनले यसबारे सरकार र पार्टीको गम्भीर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्