
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले वरिष्ठ नेता अशोक रालाई संघीय परिषदको अध्यक्षको जिम्मेवारी दिएको छ ।
पार्टीको हितविपरीत गतिविधि गरेको ठहर गर्दै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईराई कारबाही गरेको जसपाले अशोक राईलाई परिषद अध्यक्ष बनाएको हो ।
वीरगन्जमा जारी केन्द्रीय समितिको बैठकबाट जसपाले भट्टराईसहित ९ जना नेतालाई कारबाही गरेको छ ।
भट्टराईसहित नेताहरु महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, सिसिला यमी, दुर्गा सोब, दानबहादुर चौधरी, भक्तबहादुर शाह र रमेश यादवलाई पदबाट मुक्त गर्नुका साबै जिम्मेवारीबाट हटाएर जसपाले कारबाही गरेको हो ।














