Logo
Logo

पाँच मन्त्री हट्ने निश्चित !


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
मन्त्रीहरुको हेरफेरको गृहकार्य फेरि अघि बढेको छ । एक साताभित्रै केही मन्त्रीहरु हेरफेर हुने सम्भावना रहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार श्रममन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मात्रिका यादब, कृषिमन्त्री चन्द्रदेव खनाल, सहरी विकास मन्ति मोहम्मद इस्तियाक राईन, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा हट्ने लगभग निश्चित भएको छ ।


श्रममन्त्री विष्टले आफू लोकप्रिय बन्ने नाममा मलेसियाको रोजगारी धरासायी बनाएका छन् । एक माफिया समूहको प्रभावमा परेर भेन्डर फेर्ने प्रयास गर्दा एक वर्षदेखि मलेसियाको रोजगारी ठप्प छ ।
त्यस्तै कृषिमन्त्री खनाल र उद्योगमन्त्री यादब पनि पटक पटक विवादमा परेकाले उनीहरुलाई फेर्ने प्रचण्डको तयारी छ । जसमध्ये एक मन्त्रालयमा देवेन्द्र पौडेल जाने निश्चित भइसकेको छ । मन्त्री बन्नकै लागि पौडेलले सरकारको आलोचना गर्न छाडेका छन् ।
परराष्ट्रमन्त्रीको जिम्मेवारी पनि फेरिने सम्भावना छ । उनलाई सञ्चार मन्त्रालयमा लैजाने धेरैले सुझाव दिएका छन् । यद्यपी सञ्चारमा योगेश भट्टराईको पनि सम्भावना छ ।
परराष्ट्र मन्त्रालयमा भिम रावल वा सुरेन्द पाण्डे नियुक्तिको पहल पनि भइरहेको स्रोत बताउँछ । अर्थमन्त्री डा.युवराज खतिवडालाई पनि हटाउन दबाब परेको छ ।
मन्त्रीहरु हेरफेरको कुरा ६ महिनाअघिदेखि नै चल्दै आएको छ । तर पार्टी एकता लगायत अन्य कामका कारण मन्त्रिपरिषद् हेरफेर हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्