Logo
Logo

‘बिजुली च्याप्टर-१’ बन्ने, बेनिशा र मुकुन अनुबन्धित



काठमाडौं । चलचित्र ‘बिजुली च्याप्टर–१’ निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको फस्टलुक सार्वजनिकसँगै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर–१’को निर्माता लुना केसी हुन् । यसै चलचित्रबाट विकास गिरिले निर्देशनमा डेब्यु गर्दैछन् ।

बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार छनोट हुन बाँकी रहेको छ । चलचित्रको पोस्टर डिजाइन ट्रिडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् ।

क्रियटिभ प्रोडूसर केदार भुसाल रहने चलचित्रको छायाँकन भदौ तेस्रो साताबाट सुरु गरिने लक्ष्य निर्माण टिमको रहेको छ । हरि घले लामाले छायाँकन गर्ने चलचित्रमा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन मेनेजर नेत्र बिस्ट रहेका छन् ।

चार युग सत्य, त्रेता, द्वापर र कलियुग युगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको चलचित्रको अर्को भाग पनि निर्माण गरिने लेखक तथा निर्देशक गिरिले जानकारी दिए । ‘यो हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो,’ निर्देशकले भने । हिन्दू धर्मग्रन्थहरु रामायण, महाभारत र भागवत गीतका चरित्रलाई समेटेर फिल्म बनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्