Logo
Logo

प्रतिनिधिसभाबाट नागरिकता संशोधन विधेयक प्रस्ताव स्वीकृत


2.6k
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि बिधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको छलफलका क्रममा सांसदहरुले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैरनेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिएका थिए ।

उनीहरुले नागरिकता विधेयक पारित भएपछि लामो समयदेखि नागरिकता प्राप्त गर्न नसकेका सन्ततिले नागरिकता प्राप्त गर्ने बताएका थिए । उनीहरुले नागरिकता सरल ढङ्गबाट प्राप्त गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले राखेका जिज्ञाशाको जवाफ दिदै गृहमन्त्री बालकृष्ण खाँणले बिधेयकमा केहि समस्या देखिए परिमार्जन गर्न सकिने बताए । उनले कुनैपनि नेपाली नागरिकहरु नागरिकताबिहीन हुन नपरोस् भन्ने उदेश्यका साथ नै सरकारले नागरिकता बिधयेक ल्याएको धारणा राखे ।

सदनमा प्रस्तुत गरेको नयाँ विधेयकले अहिले देखिएको नागरिकता समस्यालाई मूलरूपमा सम्बोधन गर्ने र आमाबाबु नेपाली नागरिक हुँदाहुँदै पनि नागरिकता नपाएर सरकारबाट पाउने सेवा सुविधा लिन बञ्चित भएका लाखौँ युवाले नागरिकता पाउने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्