Logo
Logo

मेनुकाको ‘मुटुमा सास भर्ने आधार’ कस्तो होला ? (भिडियो)



काठमाडौं । बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबी फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ ।

तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन् । असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’लाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेका हुन् ।

फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ । फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्