Logo
Logo

नागरिकता विधेयक परिमार्जन हुनसक्छ : गृहमन्त्री


819
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने बताएका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रमा उठेका प्रश्नको जवाफ दिँदै खाँणले भने, ‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ ।’

भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’ गृहमन्त्री खाँणले कुनै पनि नागरिक नेपाली नागरिकता पाउनबाट बन्चित नहुन् भन्ने कुरामा सचेत रहेको र यही नै संविधानको मूल अवधारणा भएको बताए ।

सबै नागरिकले नागरिकता पाउन भन्नेमा सरकार प्रतिवद्ध रहेको भन्दै गृहमन्त्री खाँणले भने, ‘नेपाली नागरिक नागरिकताबाट बन्चित नहोस् । नेपाली नागरिकले नागरिकता प्राप्त गर्नै पर्दछ, यो संविधानको मूल अवधरणा पनि हो । त्यसै अवधारणमा आधारित भएर यो विधेयक आएको छ।’

प्रतिक्रिया दिनुहोस्