Logo
Logo

तीन सहसचिव महावाणिज्यदूतमा सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
सरकारले तीन सहसचिवालाई महावाणिज्यदूत (इकोनोमिक काउन्सिलर)मा सिफारिस गरेको छ । दिल्लीस्थित दुतावासमा पर्यटन मन्त्रालयकी सहसचिव निता अर्याल पोखरेलको नाम सिफारिस भएको छ ।


सहसचिव अर्याल बिद्युतीय बस खरिदमा अनाबश्यक चलखेल गरेको आरोपमा विवादमा परेकी थिइन् ।
त्यस्तै बेइजिङस्थित नेपाली दुतावमामा झविन्द्र पराजुलीको नाम सिफारिस भएको छ । चीनकै ग्याङझाओस्थित महावाणिज्यदूत पद पदमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल सिफारिस भएका छन् । पौडेल एक वर्ष पहिलेदेखि नै सो पदका आकांक्षी थिए ।
तीनै जनाको नाममा निर्णयका लागि मन्त्रिपरिषद्मा गइसकेको छ । उनीहरुको नियुक्तिसँगै सरकारले केही सहसचिवहरुको सरुवाको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्