काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएका छन् ।

शुक्रबार नयाँ दिल्ली पुगेका पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आइतबार बिहान ब्रेकफास्टसँगै मोदीसँग वार्ता गर्ने तय भएको उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।
स्वकीय सचिव दाहालका अनुसार उनले आइतबार भाजपा मुख्यालय भ्रमण, भाजपा अध्यक्ष जे पी नड्डासँगको भेटघाट र भाजपा अध्यक्षद्वारा आयोजित दिवाभोजमा सहभागी हुने तय भएको छ ।
स्वकीय सचिव दाहालका अनुसार भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले प्रचण्डसँग शुक्रबार नै शिष्टाचार भेट गर्ने छन् । त्यस्तै, प्रचण्ड शुक्रबार नेपाली राजदूत द्वारा आयोजित रात्रिभोजमा सहभागी हुने छन् ।














