
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनता पार्टी (भाजपा)सँग ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारका कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् ।
प्रचण्डले सरकार तहमा देशको हितबारे पनि कूटनीतिक कुराकानी गर्न भारत भ्रमणमा आएको बताएका छन् । शुक्रबार भारत पुगेका यस्तो बताएका हुन् ।
भाजपा र माओवादी केन्द्र दुवै सत्तारुढ पार्टी भएकाले पार्टी तहका नेताहरुबीच छलफलले पार्टीसँगै देशको सम्बन्ध सुदृढ बनाउने उनले बताए । पार्टी तहमा नेताहरूबीचको छलफलले पार्टीसंगै देशकै सम्बन्धलाई थप सुदृढ़ बनाउने अध्यक्ष प्रचण्डले बताए ।
प्रचण्ड र प्रधानमन्त्री नरेन्द्र मोदीवीच आइतबार भेटको तयारी रहेको छ । उनी भाजपा अध्यक्ष जेपी नड्डाको निम्तोमा दिल्ली भ्रणमा रहेका छन् ।














