Logo
Logo
दृष्टिका १० हेडलाइन्स

उपसभामुख चयनदेखि गभर्नरको राजीनामा मागसम्म


11.8k
Shares

१. प्रतिनिधि सभाले पायो उपसभामुख, नेपाली कांग्रेसका पुष्पा भुसाल निर्वाचित, एमालेको विद्या भट्टराई पराजित, संविधानको कार्यान्वयन गर्नको लागि संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार मुलुकको राष्ट्रिय राजनीतिमा देखिएका समस्यलाई व्यवस्थापनका लागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता, उपसभामुख पदमा रहुन्जेल पार्टीको कुनै पनि कार्यक्रममा सहभागी नहुने उत्दघोष ।


२. सर्वोच्च अदालतद्वारा नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति सदर, एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज, विश्वराजको दाबी नपुगेको सर्वोच्चको ठहर, आईजीपी बन्ने सपना चकनाचुर, राजीनामा दिने तयारी विश्वराज ।


३. नेकपा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड भारत भ्रमणमा, पार्टी (भाजपा)सँग ‘पार्टी टु पार्टी’ सम्बन्ध विस्तारका र सरकार तहमा देशको हितमा कूटनीतिक कुराकानी गर्ने भनाइ, भाजपा र माओवादीबीच छलफलले पार्टीसँगै देशको सम्बन्ध सुदृढ बनाउने विश्वास, प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार भेटवार्ता गर्ने तयारी ।


४. बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेर करको दर हेरफेर प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले सचिवहरुसहित अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरुसँग बयान लिने, समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट तथा राजस्व महाशाखाका सहसचिवहरु, भन्सार तथा आन्तरिक राजस्व विभागका महानिर्देशकहरुलाई छुट्टाछुटै बोलायो ।

५. सरकारको एक वर्ष समयको बर्बादीमै वितेको नेकपा एमालेको निष्कर्ष, स्वास्थ्य र शिक्षामा मौलिक हकको कार्यान्वयन गरी समाजवाद आधार तय गर्ने सवालमा सरकारले छेउ र टुप्पो नै फेला पार्न नसकेको टिप्पणी, संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशान र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको दाबी ।


६. एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी, एमसीसीलाई व्याख्यात्मक घोषणा गरेर पास गर्नु महत्वपूर्ण काम भएको भनाइ, आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ परिचालित हुन आग्रह, टिकट पाउँछु कि पाउँदिन भन्ने विषयलाई ठूलो विषय नबनाउन अनुरोध ।


७. सत्ता साझेदार दलमा गभर्नर महाप्रसाद अधिकारीबारे छलफल, गभर्नरले राजीनामा दिनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, राजनीतिक दलमा आबद्ध व्यक्ति गभर्नर हुन नपाउने व्यवस्था भएकाले राजीनामा बाहेक अरु विकल्प नभएको ठहर, नैतिक रुपमा राजीनामा दिनुपर्ने अभिव्यक्ति ।


८. चालु आर्थिक वर्षको अन्तिम दिन धितोपत्र बजार नेप्से परिसूचक ७.९३ अंकले उकालो लागेर दुई हजार ९.४६ पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि २.७७ अंकले बढेर ३८५.९१ मा कायम, २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मा खरिद बिक्री, १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो, आठ उपसमूहको ओरालो ।


९.नयाँ युगमा सिन्जियाङको शासन व्यवस्थाका सीपीसीको नीतिलाई पूर्ण र इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपति सी चिनफिङको जोड, ऊर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि, श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध ।

१०. विद्यालय स्तरिय यू–१९ लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल) को सातौँ संस्करण आगमी कार्तिक १३ गते देखि हुने, विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियान, नेपालमा आगामी भदौ १३ देखि २७ गतेसम्म हुन लागेको महिला साफ च्याम्पिनसिप फुटबलमा पाकिस्तान पनि सहभागिता जनाउने, पाकिस्तान फुटबल महासंघ (पिएफए)माथि लगाइएको प्रतिबन्ध फिफाद्वारा फुवुवा ।

प्रतिक्रिया दिनुहोस्