काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाटमा व्यस्त छन् । अध्यक्ष प्रचण्डले आज शनिबार उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा शुक्रबार तीन दिने भ्रमणमा भारत पुगेका अध्यक्ष प्रचण्डले आज भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, आजै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशंकरसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।\
तालिकाअनुसार अध्यक्ष प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । मोदीसँगको भेटपछि प्रचण्ड आइतबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।











