काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ कार्यकर्ताद्धारा पार्टी परित्याग गरेका छन् । उनीहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टी जनताको हितमा नभई सिमित आसेपासे, नातेदार द्रव्यदारहरुको चंगुलमा डुब्दै गएको र त्यस किमिसले समाजवादको गन्तव्यमा नपुग्ने निष्कर्ष गर्दै पार्टी परित्याग गरेको उनीहरुले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– देश र समग्र जनताको परिवर्तनका साथै आदिवासी, जनजाती मधेसी, मुस्लिम, दलित, थारु, सिमान्तकृत, पिछडा वर्गमा समानुपातिक, समावेशी अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ जसपको जन्म भएको यर्थातलाई उल्टाउँदै पार्टीमा स्वेच्छाचारिता र एकलौटी ढंगबाट पार्टी सञ्चालन भएको नीति, नियम र नेतृत्व प्रष्ट नभएको, पार्टीसँग रचनात्मक संरचना नभई पार्टीमा ठेकेरदार र भ्रष्टाचारी हावी भएको, पार्टी जनताको हितमा नभई सिमित आसेपासे, नातेदार द्रव्यदारहरुको च्ुंगुलमा डुब्दै गएको हाम्रो ठहर छ । त्यस किमिसले समाजवादको गन्तव्यमा नपुग्ने हाम्रो निष्कर्ष छ ।’
केन्द्रीय सदस्य विरेन्द्र प्रसाद यादव, टेकबहादुर यादवसहित ६९ जना कार्यकर्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजकै मितिदेखि लागू हुनेगरी पार्टीले हामीलाई दिएको जिम्मेवारी त्याग गरी जसपाबाट सामुहिक राजीनामा दिएको जानकारी गराउँदछौँ ।’














