Logo
Logo

काठमाडौं महानगरले साउन १ गतेदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने


567
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि फोहोर वर्गिकरण गरेर संकलन गर्ने भएको छ ।
महानगरले साउन १ गतेदेखी लागु हुनेगरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको हो ।

महानगरले कुहिने फोहोर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ। साथै नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारको लागि समय तोकेको सार्वजनिक सूचना उल्लेख छ। तोकिएको समय बमोजिम नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्ने महानगरपालिकाले जारी सूचनामा भनिएको छ ।

महानगरपालिकाले १ महिनाअघि नै सूचना जारी गरेर फोहोर वर्गीकरण गर्ने विषयमा नगरवासीलाई सचेत र जानकारी गराएको थियो । वर्गीकरण नगरिएका फोहोर गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५ सय जरिवानासमेत गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्