Logo
Logo

ठमेलमा खुल्यो पाँच तारे होटल अलफ्ट काठमाडौं


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।
ठमेलको छायाँदेवी कम्प्लेक्समा बुधबारदेखि पाँचतारे होटल सञ्चालनमा आएको छ । होटल क्षेत्रमा विश्वप्रसिद्ध ब्राण्ड मरियटले अलफ्ट काठमाडौं ठमेल नाम दिएर पाँच तारे होटल सञ्चालनमा ल्याएको हो । जसको व्यवस्थापनको जिम्मा भारतको चर्चित कम्पनी शान्ति हस्पिटालिटी मेनेजमेन्टले गर्नेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै होटलका महाप्रबन्धक बिक्रम सिंहले काठमाडौंमा अलफ्ट होटल सुरु गर्न पाँउँदा निकै उत्साहित भएको बताए । यो होटल विदेशी मात्र नभई नेपालीहरुकै समेत गन्तव्य हुने विश्वास आफूले लिएको उनले बताए ।


होटलमा एक सय ६७ कोठा छन् । होटलमा क्यासिनो, बार र रुफ टम रेस्टुरेन्ट लगायतको सुविधा हुने छ । १५ तलाको सो होटलको रुफटममा निलगिरी स्काई लाउन्ज सञ्चालन गरिएको छ । १५ औं तलामा बसेर जहाँ खानाका साथै उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै पुलसाइड बार, २४ घन्टा नै सञ्चालन हुने फिटनेस सेन्टरमा पनि होटलमा छ ।
अलोफ्ट होटलका ब्रान्ड २६ देशका एक सय ४० स्थानमा स्थापना भइसकेका छन् । नेपालमा पनि अन्तराष्ट्रिय स्तरकै सेवा–सुविधा होटलले दिने छ । अलोफ्टे मरिअट इन्टरनेशनलकै एक कम्पनी हो ।


ठमेलको केन्द्रमा रहेको छायाँदेवी सेन्टरको पाँचौ तलादेखि १५ औं तलासम्म होटल सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्