
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले सुराकीको नाममा पोलिटिकल स्टन्ट नगर्न सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री खाणले नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको जवाफ फर्काएका हुन् । गृह प्रशासनको नियमित ड्युटी अनुसार नै सूचना सङ्कलन हुने उनले बताए ।
केही दिनअघि बैठकमा कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफूमाथि सुराकी खटाएको आरोप लगाए उनले जवाफ फर्काएका हुन् ।
मन्त्री खाणले भने, ‘कसैको सुराकी/चियोचर्चा भएको भए त्यसै बेला भन्नुपर्थ्यो । छ महिना पछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन ।’











