Logo
Logo

ओलीको प्रश्न- विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ ?


2.9k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही विचारका लागि गठबन्धन गर्न सत्तारुढ नेताहरुलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको टिप्पणी गरे । ओलीले भने, ‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो ।’

‘लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने ।’, उनले भने ।

अध्यक्ष ओलीले भने, ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु ? पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि ?’

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिएका थिए । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्