
काठमाडौं । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै घेराउ र विरोध प्रदर्शन गर्ने भएका छन् ।
दलीय संलग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै घेराउ र विरोध प्रदर्शन गर्न लागेका हुन् ।
आइतबार बिहान १० बजे नेपाल राष्ट्र बैकको गेटमा जम्मा भई गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने कार्यक्रम रहेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।
विरोध कार्यक्रमलाई नेविसंघ अध्यक्ष डुजाङ शेर्पा र क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले सम्बोधन गर्ने पनि मैनालीले बताए ।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे बहस र आलोचना सुरु भएको हो ।











