Logo
Logo

वाम एकता गर्न ढिलो नगरौँ, नत्र पछुताउनु पर्ला : श्रेष्ठ


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम तालमेल र एकता अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार सामाजिक सन्जालमा आफ्नो धारणा व्यक्त गर्दै त्यसका लागि सबै इमान्दार भएर अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

फाइल फोटो

‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थ केन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो । त्यसका निम्ति सम्बन्धित सबैले गम्भिर आत्मालोचक भावसहित इमान्दार अग्रसरता देखाउनुपर्छ’ उनले सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बेलैमा बुद्धि पु¥याऔं, नत्र धेरै ढिलो भैसकेको हुन सक्नेछ । त्यसबेला पछुतोमात्र बाँकी होला कि ! समयमै सोचौं ।’

शनबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पनि उनले यस्तै धारणा व्यक्त गरेका थिए । उनले वामपन्थी शक्तिहरुबीचको तालमेल, मोर्चा र एकताको आवश्यकतामा जोड दिँदै आएका छन् ।

तर, सोही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र वामपन्थी भएको धारणा राखेका थिए ।
ओलीको अभिव्यक्तिलाई आलोचना गर्दै उनले भनेका छन्, ‘क. ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वशनीयता (क्रेडिबिलिटी)माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन । यसले अहं तुष्टी गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’

प्रतिक्रिया दिनुहोस्