Logo
Logo

भाजपा मुख्यालयमा प्रचण्ड


1.4k
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टीको मुख्यालय भ्रमण गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रचण्डलाई नयाँ दिल्लीस्थित मुख्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन् ।

भेटमा भारतका विदेशमन्त्री एस जयशंकर, भाजपाका नेताहरू र प्रचण्डपुत्री गंगा दाहालका साथै स्वकीय सचिव रमेश मल्ल पनि सहभागी थिए । प्रचण्ड नड्डाकै निमन्त्रणामा शुक्रबारदेखि भारत भ्रमणमा छन् ।

भारत भ्रमण सकेर प्रचण्ड आइतबारै स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्