Logo
Logo

एकीकृत समाजवादीका प्रचार प्रमुख खतिवडाद्वारा अनशनरत अनेरास्ववियूका नेताहरूसँग भेटघाट


8.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ६ दिनदेखि आमरण अनशनरत अनेरास्ववियूका नेताहरुसँग भेटघाट गरी स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । सो क्रममा अनेरास्ववियूका नेताहरुको आन्दोलनप्रति उनले ऐक्यवद्धतासमेत जनाएका छन् ।

आइतबार विभाग प्रमुख खतिवडा, सचिव प्रकाश खतिवडा र विभागका सदस्य लेखनाथ शिकारुले अनशनरत अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई भेटघाट गरी जायज मागहरु सम्बोधन गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गरे ।

त्रिभुवन विश्वविद्यालय सुधारको माग राख्दै अनेरास्ववियूका नेताहरु ६ दिनदेखि आमरण अनशनमा छन् । विश्वविद्यालयको विकृति विसंगति अन्त्यको माग राख्दै अनशन सुरु गरिएको अध्यक्ष सुदेश पराजुलीले बता उनु भयो । अनसरत विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ ।

यसअघि अनशनरत विद्यार्थी नेताहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता मेटमणी चौधरीसहितसहित नेताहरुले अस्पतालमै पुगेर भेटघाट गर्नुका साथै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्