Logo
Logo

प्रचण्ड र नरेन्द्र मोदीको भेट नहुने


4.5k
Shares

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।

तीन दिने भारत भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।

आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । प्रचण्ड आज साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्