काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ । तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस नोटमा प्रचण्ड सचिवालयले पार्टी टू पार्टी सम्बन्ध विकासका लागि भ्रमण महत्वपूर्ण रहेको र दुई देशबीचको सम्बन्ध सुदृढ गर्न फलादायी बनेको उल्लेख गरेको छ ।

प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाएको र भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको प्रचण्ड सचिवालयले जनाएको छ ।
प्रेस नोटमा लेखेका छन्, ‘भाजपा अध्यक्ष जेपि नड्डा ज्युको निमन्त्रणामा सुरु भएको तीन दिने भारतको सदभावना भ्रमण सफलतापुर्वक सम्पन्न भएको छ । पार्टी टु पार्टी सम्बन्धका दृष्टिले पहिलोपटक भएको यो भ्रमण पार्टी टु पार्टी सम्बन्ध विकासका लागि महत्त्वपूर्ण रहेको छ भने दुई देश बीचको सम्बन्ध सुदृढ गर्नका लागि भ्रमण फलदायी बनेको छ । भ्रमणको क्रममा अध्यक्ष कमरेड प्रचण्डले इतिहासमा थाती रहेका नेपाल भारत सम्बन्धका समस्याहरुलाई जोड दिएर उठाउनु भएको छ भने भारतीय पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएको छ । भ्रमण सफलताको लागि भाजपा नेतृत्व, भारत सरकारका अधिकारीहरु, नेपाल सरकारका अधिकारीहरु, भारतस्थित नेपाली राजदुत र दूतावास कर्मचारीहरु, संचारकर्मी साथीहरू र हाम्रो पार्टीका सम्पुर्ण नेता कार्यकर्ता कमरेड तथा सम्पुर्ण सुभेच्छुक दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’











