
१. भारत भ्रमण सोचेअनुरुप नै भएको प्रचण्डको भनाइ, भारतका विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता, वर्तमान समस्या र समाधानका बारेमा छलफल, सीमा सम्बन्धी, डुबान र व्यापार घाटा समस्याबारे कुरा भएको जानकारी, केही समस्याको समाधानमा आउने दाबी, १९५० को सन्धि पुनरवलोकनको कुरा जानकारी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट भएन ।

२. योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताले सापटी लिने बाटो खुल्यो, ३६ महिना योगदान गरेकाले साउनदेखि नै सापटी लिन पाउने, ७५ लाख रूपैयाँसम्म घर सापटी र ३५ लाखसम्म शैक्षिक सापटी पाउने व्यवस्था, घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने, उच्च शिक्षा अध्ययन प्रयोजनका लागि शैशिक सापटी लिन पाइने ।

३. बजेट निर्माण प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिद्वारा मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ, अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सीसीटीभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग बयान लिइयो, मन्त्रालयका राजश्व सचिव र अर्थसचिवसँग पनि छलफल, मुल गेटदेखिका सीसीटीभीका गतिविधिबारे विशेष अध्ययन गरिँदै ।

४. नीति निर्माण तथा विधान पारित गर्न फरक-फरक महाधिवेशन गर्न सकिनेछ व्यवस्थाबारे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा छलफल नै भएन, विधानको धारा १७ (५) को ले गरेको उक्त व्यवस्थाको विषय बैठकको एजेण्डानै नबन्दा केन्द्रीय सदस्यले छलफलको विषय नै बनाएनन्, नेता डा. शेखर कोइरालाको १२ बुँदे लिखित धारणामा पनि नीति महाधिवेशनको विषयले स्थान पाएन ।

५. कर्मचारी र कैदी बन्दीले पनि मतदान गर्न पाउने, निर्वाचनमा मतदानको व्यवस्था मिलाउन सर्वाच्च अदालतको अन्तरिम आदेश, अस्थायी मतदाता नामावली संकलन गरी मतदानको अधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाउनु पर्ने ।

६. नवनिर्वाचित उपसभामुख पुष्पा भुसालद्वारा पदभार ग्रहण, आफूले काम–कारबाही इमानदारितापूर्वक र कार्यकालभर फलदायी काम गर्ने प्रतिबद्धता, छोटो र अत्यन्त महत्तवपूर्ण अत्यन्त महत्त्वपूर्ण समय रहेको भनाइ, जिम्मेवारी धेरै भएको अभिव्यक्ति, सदनलाई प्रभावकारी ढंगबाट अघि बढाउने धारण ।

७. भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेको नेपाल आयल निगमद्वारा जानकारी, इन्धनको मूल्य घटेर आएपनि नेपालमा तत्काल नघट्ने, पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज गराउन सरकारले सात अर्ब रुपैयाँ ऋण दिने ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामन्य सुधार, १.९३ अंकले बढेर दुई हजार ११.३९ मा कायम, ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ परिसूचक ०.०२ अंकले उकालो लागेर ३८५.९३ मा पुग्यो, २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर एक अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँमा खरिद बिक्री ।

९.खाद्य असुरक्षालाई कम गर्ने विषयमा जी–२० नेताहरु सहमत, रोक्का रहेको सात अर्ब अमेरिकी डलर फुकुवाका लागि अमेरिकासँग अफगानिस्तानको आग्रह, तेल उत्पादन क्षमतालाई प्रतिदिन १३ लाख ब्यारेल बनाउन साउदी अरबको निर्णय, उपराष्ट्रपति पदको लागि भारतीय कांग्रेसका वरिष्ठ नेता मार्गरेट अल्वाको उम्मेदवारी ।

१०. आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपाल ८ विकेटले पराजित, स्कटल्यान्ड भ्रमणमा नेपालले एक मात्र जित मात्रै, थाइल्याण्डमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपको पहिलो दिन पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले प्रतिस्पर्धा गर्ने ।















