
काठमाडौं । गत सोमबारदेखि जारी कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक आज दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने भएको हो।
आइतबार बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ।
जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए। बैठकमा सरकारको कामबारे आलोचना भएको थियो । सरकारमा रहेका मन्त्रीहरुले त्यसबारे जवाफ दिएका थिए ।
आज बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ। एक सातासम्म चलेकाे बैठक आज सम्पन्न हुने बताइएकाे छ ।











