Logo
Logo

काभ्रेमा ३ वर्षपछि डेङ्गु


315
Shares

काभ्रे । काभ्रेमा ३ वर्षपछि डेङ्गु रोगको सङ्क्रमण देखिएको छ ।

पाँचखाल, धुलिखेल र पनौती क्षेत्रमा संक्रमण देखिएको हो । पनौती–५ सुब्बागाउँका ६८ वर्षका पुरुष धुलिखेल अस्पतालमा २ दिनदेखि डेङ्गुको उपचार गराइरहेका छन् ।

पनौती ३नगरका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाका अनुसार ती पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यस्तै केही दिनअघि धुलिखेलमा पनि एक पुरुषमा डेङ्गु देखिएको थियो ।

उनलाई निगरानीमा राखी उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । ‘धुलिखेललगायतको स्थानका डेङ्गु सङ्क्रमणको गम्भीरतापूर्वक अनुसन्धान गर्नेछौँ,’ कार्यालयप्रमुख डा. पुरुषोत्तम सेढाईंले भने । पाँचखालमा २ साताअघि भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् ।

काभ्रेपलाञ्चोकको तीनै स्थानमा जिल्ला स्वास्थ्य कार्यलयको ‘र्यापिड टिम’ले अनुगमन तथा सम्भावित परीक्षण गरिने छ । डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउने र ५ देखि ७ दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नेलगायत लक्षण देखिन्छ ।

काभ्रेमा यसअघि विसं २०७६ भदौ दोस्रो साता डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्