Logo
Logo

भुवन केसीदेखि सुस्मा कार्कीसम्म विकास बाेर्डको अध्यक्षका उम्मेदवार



काठमाडौं । सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै सूची सार्वजकि गरेको हो । सूचीमा अभिनेता भुवन केसीदेखि अभिनेत्री सुस्मा कार्कीसम्म रहेका छन् ।

उमेर र योग्यता बाधक बन्न सक्ने भन्दै चलचित्र क्षेत्रमा भुवनको आवेदन अस्वीकृत हुनसक्ने अनुमान गरिएको थियो । तर, मन्त्रालयको सूचीमा उनी पनि सामेल छन् ।

उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिँदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान पछि तोक्ने जानकारी गराएको छ ।

मन्त्रालयको सूचीअनुसार सुनसरीका अरुणकुमार प्रधान, काठमाडौंका दीपक श्रेष्ठ, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौंका निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की उम्मेदवारको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्