काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई साउन मसान्तभित्र पूर्णता दिने भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले भ्रातृ संस्थालाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । नेविसंघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष सभापति शेरबहादुर देउवाले तोकेपनि पूर्णता भने दिएका छैनन् ।











