Logo
Logo

ठमेलमा बढ्दै विकृति, प्रहरी मुकदर्शक, बिना अनुमति २४ घन्टा डिस्को सञ्चालन


- दृष्टि न्युज/संवाददाता


काठमाडैं, ९ साउन ।
ठमेल तथा दरबारमार्गको रात्री व्यवसायमा विकृती बढ्दै गर्दा प्रहरी मुकदर्शक बढेको छ । जसकारण रात्री व्यवसाय बदनाम हुँदै गएको छ ।
२८ मंसिर ०७४ मा दरबारमार्गको डेजाभु क्लबमा ग्राहकले तोडफोड गरे । अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै महँगोमा टिकट बेचेर ठगी गरेपछि डिस्को रणमैदान बनेको थियो । त्यो घटनाले रात्रिकालीन व्यवसाय कति धेरै असुरक्षित र अव्यवस्थित छ भन्ने यथार्थ बाहिर ल्याइदियो । घटनालगत्तै यो क्षेत्रलाई व्यवस्थित गराउन प्रहरीले छलफलसमेत ग(यो । तर, प्रहरीको चासो योजनामै सीमित भयो ।


अहिले ठमेल र दरबारमार्ग क्षेत्रमा दिनप्रतिदिन डिस्को, डान्सबार, तथा लाउञ्जबार खुलिरहेका छन् । तर, त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौतीबारे प्रहरीले चासो दिने गरेको छैन । ठमेल र दरबारमार्गमा नयाँ–नयाँ डिस्को खुलिरहँदा यसबाट विकृतिसँगै अपराधका घटनासमेत बढिरहेका छन् । तर, पनि प्रशासनले निश्चित मापदण्ड बनाएर व्यवस्थित गर्न सकेको छैन ।

विनाअनुमति रातभर सञ्चालन
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत वर्ष ८२ बुँदे कार्ययोजना सार्वजनिक गरी ठमेललगायत पर्यटकीय क्षेत्रलाई २४सै घन्टा खुलाउने योजना बनाए । गृहमन्त्रीको सो योजना कार्यान्वयन हुन सकेको छैन । आवश्यक तयारी नपुगेको भन्दै योजना कार्यान्वयन हुन नसकेको हो । व्यवसायीहरूले पनि यसमा खासै चासो दिएका छैनन् । किनकि विनाअनुमति उनीहरूले रातभरि व्यवसाय गर्न पाइरहेका छन् । खाना बेच्ने रेस्टुरेन्ट प्रहरीले १०÷११ बजे नै बन्द गर्छ । तर, रक्सी बेच्ने डान्स तथा डिस्को भने बिहान ३-४ बजेसम्म सञ्चालन हुने गरेका छन् । जसमा प्रहरीले नै संरक्षण दिने गरेको छ ।
आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसक्ने भएकै कारण डिस्को, दोहोरी साँझ, डान्सबार तथा लाउन्ज बारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १२ बजेसम्म मात्र सञ्चालन गर्न दिएको छ । त्यसविपरीत दर्जनौँ रात्रिकालीन व्यवसाय रातभर चल्ने गरेका छन् । यसरी अनुमतिविना २४ सै घन्टा सञ्चालन भइरहेका डिस्को, डान्स र रेस्टुरेन्टलाई नियमन गर्ने निकाय प्रहरी प्रशासनले हस्तक्षेप गरेको छैन ।

जसका कारण ठमेल र दरबारमार्गमा डिस्को, क्लब र डान्सबारदेखि दोहोरी रेस्टुरेन्टसम्म राज्यले तोकेको मापदण्डभन्दा बाहिर गएर सञ्चालन हुने क्रम बढेको छ । ढिलासम्म डिस्को विनाअनुमति सञ्चालन हुँदा दैनिकजसो झगडालगायत अपराध बढेका छन् । विनाअनुमति सञ्चालित व्यवसायको अनुगमन गर्ने र आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भए पनि उसले चासो दिएको छैन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्य आफूले १२ बजेसम्म मात्र रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति दिएको बताउँछन् । त्यसमा हेर्ने जिम्मेवारी प्रहरीको हो ।’ सुरक्षा चुनौतीकै कारण आफूहरूले ठमेल तथा दरबारमार्ग क्षेत्रमा रातभर व्यवसाय सञ्चालन गर्न दिन नसकेको उनी बताउँछन् ।

दैनिकजसो झगडा
ठमेल तथा दरबारमार्गका डान्स तथा डिस्कोहरूमा दैनिकजसो झगडा हुन्छ । प्रहरीले हरेक दिन पक्राउ गर्छ । विगतमा डेजाभु क्लबमा डिस्कोमा अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने नल्याए पनि तोडफोड भएको थियो । सो कार्यक्रमबारे प्रहरीलाई पहिले जानकारीसमेत दिइएको थिएन । ‘तोडफोडको क्रममा आगलागी भएको भए त्यहाँ धेरैजनाको ज्यान जान सक्थ्यो,’ दरबारमार्ग वृत्तका एक प्रहरी अधिकारी भन्छन्, ‘भोलि अन्य डिस्कोमा पनि यस्तो अवस्था नआउला भन्न सकिन्नँ ।’

ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) डिस्कोले पनि भारतीय गायिका नेहा कक्कर ल्याएर कार्यक्रम ग¥यो । तर, क्षमताभन्दा धेरै टिकट बेचेर ठगी गरेको भन्दै प्रहरीले डिस्कोका सञ्चालकहरूलाई कारबाही गरेको थियो । एलओडीमा दैनिक जसो झै–झगडा हुने गरेको छ । ढिलासम्म सञ्चालन गर्न दिदा यस्तो झगडा हुने गरेको छ । प्रहरीले डेजाभु र एलओडी डिस्कोका सञ्चालकलाई कारबाही गरे पनि पीडितहरूले क्षतिपूर्ति पाएका छैनन् । एकैदिनमा लाखौँको कारोबार गर्ने डिस्कोमा कर छलीको समस्यासमेत रहेको प्रहरी अधिकारी बताउँछन् ।
‘रक्सी खाने मान्छे जाने ठाउँ भएकाले झगडा त भई नै हाल्छ,’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी विनोद घिमिरे भन्छन्, ‘कतिपय अवस्थामा डिस्कोका बाउन्सरहरूले नै कुटपिट गर्छन् ।’ ग्राहकलाई कुटेको आरोपमा दरबारमार्गको आइक्लबका बाउन्सरलाई दरबारमार्ग प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । ठमेलको सिनेट र एलओडी क्लब रातभर खुल्छन् ।

प्लेवाई, फरेन हाइट, फायर क्लब, इबिजा, सिएनआईजस्ता क्लब बिहानसम्म राज्यको कुनै पनि अनुमति नलिईकन सञ्चालन हुँदै आएका छन् । व्यवसाय गर्न राज्यले तोकेको समय, मापदण्ड र नियम एकातिर छ, तर अर्को्तिर खुलेआम स्यान्डविज प्वाइन्ट, क्याफे, दोहोरी र डान्सबार रातभर सञ्चालन गरी राज्यका निकायलाई चुनौती दिइरहेका छन् । स्रोतका अनुसार स्यान्डविज बेच्ने भनेर खुलेका पसलबाट गोप्य रूपमा मदिराको बिक्री वितरण हुन्छ । जसमा प्रहरीले आँखा चिम्लने गरेको छ । अत्यधिक मदिराकै कारण ठमेलको सडकमा दैनिकजसो झगडाको दृश्य सामान्य हुँदै गएका छन् ।
रात्रिकालीन व्यवसायलाई मर्या्दित, व्यवस्थित र सुरक्षित बनाउन ठमेल पर्यटन परिषद्ले समेत कुनै पहल गर्न सकेको छैन । नेपाल आउने धेरैजसो पर्यटक ठमेल पुग्ने गर्छन् । सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागिएको अवस्थामा रात्रिकालीन व्यवसायलाई सुरक्षित बनाउन कुनै पहल भएको छैन । अझ कतिपय डान्सबारमा विदेशीमाथि ठगी हुने घटनासमेत कायमै छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापा अदालतको स्टे अर्डर मानेर कतिपय रेस्टुरेन्ट दुई बजेसम्म सञ्चालन हुन दिएको बताउँछन् । अदालतबाट अनुमति नलिएकालाई समेत सञ्चालन गर्न स्थानीय प्रहरीले दिएको भेटिए नियमन हुने उनको भनाइ छ । स्रोतका अनुसार दरबारमार्ग र सोह्रखुट्टे वृत्तका प्रहरीलाई प्रभावमा पारेर धेरैले रातभरी व्यवसाय चलाउने गरेका छन् ।

राति २ बजेसम्म संचालन अनुमति लिएर ठमेलमा २४ घन्टा संचालन भइरहेका डिस्कोहरु
१ फायर डिस्को थेक लाउन्ज बार प्रालि
२. ओजिज लाउन्ज एण्ड डिस्को प्रालि
३. सिनेट रेष्टुरेन्ट एण्ड लाउन्ज प्रालि
४. टटर्ल लाउन्ज एण्ड क्लव प्रालि
५ टकिला डिस्को एण्ड लाउन्ज प्रालि
६. इबिजा लाउन्ज एण्ड डीजे थेग प्रालि
७ सीएनआई क्लव प्रालि
८ फेसेस लाउन्ज रेष्टुरेन्ट प्रालि
९. लर्ड अफ द ड्रिक्स प्रालि(एलओडी)
१० रिलोड बार
११ प्लेब्वाइज लाउन्ज प्रालि
१२ जोमो लाउन्ज एण्ड डिस्को प्रालि
१३ क्वीन महल लाउन्ज एण्ड बार प्रालि
१४ गितार लाउन्ज एण्ड बार प्रालि
१५ एच.टु.ओ. लाउन्ज बार प्रालि
१६ रिफ्रेस लाउन्ज एण्ड बार

राति १० देखि १२ बजेसम्म संचालन अनुमति लिएर २४ घन्टा संचालित ठमेलका डान्स बार रेष्टुरेन्टहरु
१ डोको रेष्टुरेन्ट एण्ड लाउन्ज
२. नसा रेष्टुरेन्ट एण्ड बार प्रालि
३. बेबो रेष्टुरेन्ट एण्ड बार प्रालि
४. डान्सिङ याक रेष्टुरेन्ट एण्ड बार प्रालि
५ कट्टीरोल एण्ड बर्गर सेन्टर
६ डेली डोज फर्म
७ स्यान्डवीच प्वाइन्ट सेन्टर
८ फेवा रोधी क्लव प्रालि
९ हनीबिज डान्सबार प्रालि
१० लेटनाइट फुड कर्नर
११ बुद्धबार काठमाडौं रेष्टुरेन्ट प्रालि
१२ स्यानवीच प्यालेस
१३ ठमेल मार्ट
१४ पोखरा दोहोरी नाच घर
१५ दुनियाँ क्याफे एण्ड बार प्रालि
१६ ड्रिंक हाउसटन एण्ड बार प्रालि
१७ धुरी ग्यालरी लाइभ क्याफे
१८ जिंक डान्सबार
१९ नगरकोट दोहोरी डान्स कल्चर रेष्टुरेन्ट एण्ड बार प्रालि
२०. दि निष्ट क्याफे प्रालि
२१ रिफ रेष्टुरेन्ट एण्ड बार प्रालि
२२ गाउँबेसी दोहोरी

दरबारमार्गमा १२ बजेसम्म अनुमति पाएका तर २४ घन्टा संचालित डिस्को
१. किंग्स लाउन्ज
२ भिक्टोरी लाउन्ज
३ दरबार लाउन्ज
४. डेजाबु क्लब
५ आई क्लव
६ म्याग्नम क्लव (सुरु हुन लागेको)
७. त्रिसरा क्लव(ठमेल र लाजिम्पाटमा समेत)
८ मालिंगो क्लव
९.अक्टिभ क्लव

दरबारमार्गमा २ बजेसम्म अनुमति लिएर ४ बजेसम्म संचालन हुने डिस्को, क्लव र डान्सबार
१ उडल्याण्ड क्लव
२. लिक्वीड लाउन्ज
३. कासा लाउन्ज
४. जुजुवा लाउन्ज
५ क्लासिक लाउन्ज
६. अन क्लक लाउन्ज
७.कौशी लाउन्ज
८. नोर्लिङ गजल
९ राजघराना रेष्टुरेन्ट
१० टाइटानिक डान्स एण्ड बार
११ लिप्स डान्स बार
१२ सिजलिङ डान्स बार

प्रतिक्रिया दिनुहोस्